नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको हकप्रद सेयर मूल्य समायोजन भएको छ । बिहीबार सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र मल्टीपर्पस फाइनान्सको सेयर मूल्य समायोजन गरेको हो ।
सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत बोनस सेयरको समायोजन पछि नेप्सेले प्रतिकित्ता २०३ रुपैयाँ ३३ पैसा र समायोजन अघि २५५ रुपैयाँ रहेको थियो ।
यस्तै, मल्टीपर्पस फइनान्सको ३५ प्रतिशत बोनस सेयर समायोजन पछि नेप्सेले प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा तोकेको छ । समायोजन अघि ३९४ रुपैयाँ ८० पैसा रहेको थियो ।
साथै, अब दुबै कम्पनीको आइतबार (साउन १४ गते) देखि दोस्रो बजारमा कारोबार आउनेछ ।