प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले थाल्यो व्यवसायिक कारोबार
काठमाडौं । आजदेखि नेपालमा थप एक वटा नयाँ लघुबीमा संचालनमा आएको छ । बिहीबारदेखि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले व्यवसायिक कारोबार थालनी गरेको हो ।
कम्पनीले सुदुरपश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहेने गरि व्यवसायिक कारोबार थालनी गुरु गरेको हो । सो कार्यालयको औपचारिक उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका छन् ।
कम्पनीले आवश्यक पूर्वाधार तयार गरेपछि व्यवसायिक कारोबार आरम्भ गर्न थालेको हो । कम्पनीको प्राधिकरणबाट पोलिसी स्वीकृत पनि भइसेको छ ।
कम्पनीले सुदुर पश्चिमको विकट ९ जिल्लासहित सातै वटा प्रदेशमा शाखा संजाल विस्तार गर्नेछ । कम्पनीको अध्यक्ष कृतिका अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नरेश कुमार रोक्का रहनेछन् ।













