‘आइएमई पे’मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

‘आइएमई पे’मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने



काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सकिनेछ। यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्