बेष्ट फाइनान्सको कस्तो छ वित्तीय अवस्था ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बेष्ट फाइनान्सको कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले ३ करोड ८६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्ले आवको तुलनामा भने ७६.२७ प्रतिशतले कमी हो । अघिल्लो आवको चौंथो त्रैमासमा कम्पनीले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सामान्य (३.३७) प्रतिशतले वृद्धि भई १३ करोड ९ लाख २५ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी भने २३ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको संचालन नाफामा पनि भारी गिरावट देखिएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो नाफा ७३.३३ प्रतिशतले घटेर ५ करोड ५८ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य नाफा भने २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीको खराब कर्जा पनि १.०६ प्रतिशतले वृद्धि भई ३.३० प्रतिशत पुगेको छ । कम्पनीको चुक्तापुँजी ८५ करोड ४८ लाख १६ हजार रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ५३ करोड २९ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्