किसान लघुवित्तको मुनाफामा छलाङ, वितरणयोग्य नाफा र ईपीएस कति ? (विवरणसहित) « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

किसान लघुवित्तको मुनाफामा छलाङ, वितरणयोग्य नाफा र ईपीएस कति ? (विवरणसहित)



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवतरण अनुसार मुनाफामा छलाङ आएका छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको मुनाफा १ करोड ३६ लाख ३२ हजार १६९ रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १११०.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ११ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९.०३ प्रतिशतले घटेर २५ करोड ७० लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त ब्याज आम्दानी ३६ करोड २२ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको संचालन नाफा १४२ प्रतिशतले बढेर १ करोड ९४ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ८० लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ५० करोड ४३ लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ५.५७ प्रतिशतले घटेर ११ करोड ३१ लाख ३५ हजार रुपैयाँ, सापटी रकम ५१.१४ प्रतिशतले घटेर ४ अर्ब ३८ करोड ६५ लाख रुपैयाँ, खराब कर्जा १.०७ प्रतिशतले बढेर ५.९५ प्रतिशत र वितरणयोग्य नाफा २ करोड ३१ लाख ५५ हजार रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्