कालिका लघुवित्तको मुनाफा ६४ प्रतिशतले घट्यो, अधिकांश सूचक ओराला, ईपीएस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफा घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीका मुनाफा ६४.०१ प्रतिशतले घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १२ करोड ८४ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ५० लाख ५५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त ब्याज आम्दानी २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८।०७९ को चौथो त्रैमाससम्ममा १८ करोड ३७ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा उक्त नाफा ६४.०४ प्रतिशतले घटेर ६ करोड ६० लाख ६१ हजार रुपैयाँमा सिमित भएको हो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ३७ करोड २३ लाख २१ हजार रुपैयाँ, जगेडा कोष २२.४७ प्रतिशतले बढेर ११ करोड ३१ लाख ८२ रुपैयाँ, खराब कर्जा १.०२ प्रतिशतले बढेर ४.१३ प्रतिशत र वितरण योग्य नाफा ३ करोड ६० लाख ६९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६५ पैसाले घटेर १२ रुपैयाँ ४२ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ०७ पैसा रहेको छ ।