९ श्रावण २०८३, शनिबार

नेपाल इन्स्योरेन्सको तीन लाख ८९ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन लाख ८९ हजार ४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम खरिद मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी भदौ ५ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड नक्साल काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति रेट खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्