कलंकीका कोरोना संक्रमित वृद्धको मेडिसिटीमा मृत्यु
काठमाडौं । नेपालमा फेरी १ जनाको कोरोना संक्रकणबाट मुत्यु भएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित १ पुरुषको आज मृत्यु भएको छ ।
साउन १५ गते अस्पताल भर्ना भएक उनी निमोनिया र मधुमेहको रोगी थिए ।
ती पुरुषको आज विहान ६ बजे मुत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए ।
उनी कलंकी ट्याङ्ला फाँटका बासिन्दा हुन ।
यो संगै नेपालमा कोरोनाबाट मुत्यु हुनेको संख्या ७६ पुगेको छ ।













