लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले आईटि अफिसर पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर इन्जिनियरिङ तथा कम्प्युटर साइन्स आईटी वा एमआईएस विषयमा स्नातक वा सो सरह उत्तीर्ण भई आईटी कम्पनी वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि संगठित संस्थामा आईटी सम्बन्धि कम्तिमा ३ वर्ष कार्यानुभव भएको व्यक्तिलाई विशेष प्राथमिकता दिने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ।
योग्यता पुगेको इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन गरी भदौ १८ गतेसम्म कम्पनीको वेबसाइट https://laxmilagubita.com.np मार्फत आवेदन पेश गर्न सक्नेछन् ।