१६ वटा लघुवित्तहरु मर्जर प्रक्रियामा सामेल

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन्।
आर्थिक वर्ष २०७९/८० मा १२ वटा वाणिज्य बैंकहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भई ६ वाणिज्य बैंक बनेका छन्।