टिकेन लगानीकर्ताको खुसी, सेयर बजारमा किन हुंदैछ उतार चढाब ? « Arthapath.com
५ असार २०८२, बिहीबार

टिकेन लगानीकर्ताको खुसी, सेयर बजारमा किन हुंदैछ उतार चढाब ?



काठमाडौं । सोमबार एकाएक उचालिएको सेयर बजार फेरी ओरालो दिसा तिर लम्किएको छ । बजार हिजो उच्च अंकले सुधार आउँदा लगानीकर्ता उत्साहित भएका थिए । तर, लगानीकर्ताको उत्साह एक दिन समेत टिक्न सकेन ।

राष्ट्र बैंक र सरकारका केहि नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । अहिले लाभांश सिजन सुरु भइसकेको छ । बजारमा अधिकांश फण्डहरु लाभांश घोषणा गरी सकेका छन् । अब सूचीकृत कम्पनीहरुले लाभांश दिने क्रम सुरुवात भइसकेको छ । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ ।

लाभांश सिजन मै लगानीकर्ताको मनोबल कमजोर बन्न पुगेको छ । बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल उच्च बनाउन कुनै कदम समेत चालेको पाइदैन । केहि लगानीकर्तालाई असर गर्ने नीतिहरुमा नियामकले तत्काल मनोबल उच्च बनाउने कदम अगाडि नबढाउने हो भने बजारमा अर्बो रकम गुुम्ने खतरा भएको जानकारहरु बताउछन् ।

बजार यो साता करिब एउटै रेखामा घुमिरहेको देखिन्छ । सूचक एउटै रेखमा घुमि रहदाँ कारोबार रकम भने निरन्तर खुम्चि रहेको छ । केहि साता अघि मात्र ४।५ अर्ब पुगि रहेको कारोबार यो साताका केहि कारोबारको दिन भने १ अर्ब समेत पुग्न सकस हुदैंछ ।

अहिले बजारलाई नयाँ आयम दिनको लागि नयाँ ब्रोकर थपिएका छन् । लगानीकर्ताले लामो समय देखि उठाउदै आएको माग सम्बोधनले उत्साह छाएको छ । नयाँ ब्रोकरले पुराना ब्रोकरसंग प्रतिस्पर्धा गर्ने नयाँ ग्राहक खोजि रहेका छन् । दीर्घकालमा यसले बजारलाइ विस्तारै माथितिरै लैजान सहयोग गर्ने एक लगानीकर्ताले बताए ।

जोखिमभार बढी हुँदा बैंकहरुको ध्यान सेयर कर्जा प्रवाह गर्नतर्फ आकर्षित गर्न सकिंदैन । यस्तो कर्जामा ब्याजदर पनि महँगो पर्न जान्छ । त्यस कारण जोखिम भार घट्नु पर्ने लगानीकर्ताको माग रहेको छ । अहिले लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लाभांशसमेत हात पार्ने बेला हो ।
बजार आज १९.४२ अकंले घटेर १९६७.५७ बिन्दुमा बन्द भएको छ । मंगलबार २७६ कम्पनीको ३८ लाख ९१ हजार ७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ३२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड समूहको सेयर मूल्यमा मात्र सुधार आएको छ । फण्ड सेयर मूल्य ०.०४ प्रतिशतले बढेको छ । अन्य १२ उपसूचक भने राताम्य भएका छन् ।

मंगलबार नेपाल एसबिआई बैंकको ७ करोड ५६ लाख रुपैयाँ र शिवम सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्