बैंकहरुको ब्याजदरको प्रत्यक्ष प्रभाव सेयर बजारमा « Arthapath.com
५ असार २०८२, बिहीबार

बैंकहरुको ब्याजदरको प्रत्यक्ष प्रभाव सेयर बजारमा



काठमाडौं । बुधबारको हरियाली बजार आइतबार टिक्न सकेन । आज बजार राताम्य भएको छ । मुख्यतः आज बजारमा ब्याजदर कै प्रभाव परेको देखिन्छ । असोज १ गतेदेखि लागु हुने गरी ६ बैंकले ब्याजदर घटाएका छन् भने ७ बैंकले बढाएको देखिन्छ । जसमा चार बैंकको ब्याजदर यथावत नै छ ।

बजार राताम्य हुदाँ कम्पनीको सेयर मूल्य पनि सस्तो बन्दै आएको छ । लगानीकर्ता केहि बजार घटबढ भन्दा आफ्नो बिरोध नभइ नियामक निकायको नीतिगत अस्थिरतामा रहेको बताइरहेका छन् । लगानीकर्ता अम्बिका प्रसाद पौडेलले ब्यक्तिले पुँजी बजार घट्नु हुँदैन भन्ने कुरा राख्नु ज्ञानको अभाव रहेको बताए । “बजार घटबढ हुनु सामान्य विषय हो जब नीतिगत अस्थिरताले बजार घटबढ हुन्छ भने लगानीकर्ताको विरोध त्यसमा हुन्छ” उनले भने ।

जोखिमभार बढी हुँदा बैंकहरुको ध्यान सेयर कर्जा प्रवाह गर्नतर्फ आकर्षित गर्न सकिंदैन । यस्तो कर्जामा ब्याजदर पनि महँगो पर्न जान्छ । त्यस कारण जोखिम भार घट्नु पर्ने लगानीकर्ताको माग रहेको छ । लाभांश सिजन मै लगानीकर्ताको मनोबल कमजोर बन्न पुगेको छ । बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामकले लगानीकर्ताको मनोबल उच्च बनाउन कुनै कदम समेत चालेको पाइदैन । केहि लगानीकर्तालाई असर गर्ने नीतिहरुमा नियामकले तत्काल मनोबल उच्च बनाउने कदम अगाडि नबढाउने हो भने बजारमा अर्बौ रकम गुुम्ने खतरा भएको जानकारहरु बताउछन् । बजारमा हालसम्म ६ वाणिज्य बैंकले लाभांश घोषणा गरी सकेका छन् । तर, पनि बजारले शुभ सकेत दिन सकेको छैन ।

बजार आज ४२.१४ अकंले घटेर १९६४.९१ बिन्दुमा बन्द भएको छ । आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४२ प्रतिशत, विकास बैंक समूहकाचे २.५९ प्रतिशत, फाइनान्स समूहको ३.३० प्रतिशत लगायत १३ उपसूचक नै राताम्य भएका हुन् ।

आज एनआइसी एशिया बैंकको २७ करोड ५४ लाख र रिलायबल नेपाल लाइफको २४ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्