कारोबारको पहिलो दिन मै सन नेपाल लाइफको ४ लाख कित्ता किनबेच, सेयर मूल्य कति ?

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार उच्च अकंले बढेको छ ।बजार उच्च अकंले बढ्दा कारोबार रकम समेत बढेको छ ।
कारोबारमा आएको पहिलो दिन नै सन नेपाल लाइफको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । आज कम्पनीको ४ लाख ३१ हजार ८५० कित्ता सेयर किनबेच हुदाँ २० अर्ब १८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको सेयर मूल्य ५ रुपैयाँ २० पैसाले घटेर प्रतिकित्ता ४७० रुपैयाँ पुगेको छ ।