प्रतिकित्ता ३७० रुपैयाँमा नै आशा लघुवित्तको सेयर किन्ने मौका « Arthapath.com
७ आश्विन २०८०, आईतवार

प्रतिकित्ता ३७० रुपैयाँमा नै आशा लघुवित्तको सेयर किन्ने मौका



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३७० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज ७ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्