अप्पर लोहोरे र मनकामना इन्जिनियरिङको कतिमा भयो पहिलो कारोबार ? « Arthapath.com
८ आश्विन २०८०, सोमबार

अप्पर लोहोरे र मनकामना इन्जिनियरिङको कतिमा भयो पहिलो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको कारोबार सुरु भएको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको हो ।

आज प्रि ओपनिङ सेसनमा अप्पर लोहोरे खोलाको पहिलो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा खुला भएको छ । ओपन रेञ्ज भने प्रतिकित्ता ९७.८७ रुपैयाँदेखि २९३.६१ रुपैयाँसम्म तोकेको थियो । ‘

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको पहिलो कारोबार भने प्रतिकित्ता २२२ रुपैयाँमा खुला भएको छ । ओपन रेञ्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्