राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम छ, विपन्न वर्गलाई बिनो धितो ऋण दिनेछौँ: सीइओ श्रेष्ठ « Arthapath.com
८ आश्विन २०८०, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम छ, विपन्न वर्गलाई बिनो धितो ऋण दिनेछौँ: सीइओ श्रेष्ठ



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण कुमार श्रेष्ठले सबैभन्दा सस्तो ब्याजमा कर्जा प्रवाह गरिरहेको बताए ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको सिराहाको गणेश चोक स्थित नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सीइओ श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताएका हुन् । सस्तो ब्याजमा ऋण लगानी गर्ने भएकाले व्यवसायीहरुलाई राष्ट्रिय वाणिज्य बैंकसंग कारोबार गर्न उनले आग्रह समेत गरे । उनले भने,–‘अहिले राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको छ । सस्तो ब्याजदरमा व्यवसायीहरुलाई बैंकसँग व्यवसायीक कारोबार गर्न आग्रह गर्न चाहान्छु ।’

उनले विपन्न वर्गको सशक्तिकरणका लागि बिना धितो कर्जा दिने जानकारी गराए । यसका साथै वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने बताए । बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ्ग सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको श्रेष्ठको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्