जन्मदिनको अवसरमा अध्यक्ष बस्नेतले ‘प्रेस चौतारी कल्याणकारी कोष’लाई नगद सहयाेग

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आफ्नो जन्मदिनको अवसरमा ‘चौतारी कल्याणकारी कोष’ मा आर्थिक सहयोग गरेका छन्।
मंगलबार आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष बस्नेतले उक्त कोषमा नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त रकम कोषाध्यक्ष इन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
प्रेस चाैतारी नेपालकाे केन्द्रीय कार्यालयमा आयाेजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले कल्याणकारी काेषकाे लागी सहयाेग गरेका हुन् ।