नेपाल लाइफको पाँच लाख २३ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिने आवेदन ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्राइभेट लिमिटेडको नाममा रहेको पाँच लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १० गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन्
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।