सेयर बजार राताम्य, निराश बन्दै लगानीकर्ता, किन आउँदैछ उचारचढाव ? « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजार राताम्य, निराश बन्दै लगानीकर्ता, किन आउँदैछ उचारचढाव ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन मै सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन समेत घटेको बजार यो साताको सुरुवातमा समेत सोहि निरन्तरता पाएको हो ।

पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उचारचढाव ल्याइरहेको छ । आम लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई सेयर बजारको बाधक नीतिका रुपमा लिंदै आएका छन् । लगानीकर्ताले सेयर बजारको दीगो सुधारका लागि धितो कर्जामा जेखिमभार १०० प्रतिशतमात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् । सो सम्बन्धी सकरात्मक संकेत पाएसँगै बजार नयाँ उचाइमा पुग्ने आशा लगानीकर्ताले गरेका छन् ।

निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ । यता, धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन गृहकार्य थालेको छ । यसको सकारात्मक प्रभाव पनि बजारमा पर्ने देखिन्छ ।

बजार आज ३३.२० अकंले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ । आइतबार २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८३ करोड४ लाख ८६ हजार रुपैयाँको कारोबार भएकोछ ।

आज १३ उपसूचक राताम्य भएको छन् । आइतबार बैंकिङ समूहको १.०७ प्रतिशत, विकास बैंक समूहको १.३८ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज सिटिजन लाइफको १४ करोड ७३ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्