सेयर बजारमा झिंनो सुधार, ११ उपसूचक हरियाली, अबको बाटो कता ? « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजारमा झिंनो सुधार, ११ उपसूचक हरियाली, अबको बाटो कता ?



काठमाडौं । दुई दिन राताम्य भएको बजारमा आज ब्रेक लागेको छ । बजार आज सामान्य अकंले बढेको छ । अर्थमन्त्री प्रकाश सरण महतले सोमबार एक कार्यक्रममा पूँजी बजार बारे केहि दिन मै सकरात्मक निर्णय हुने बताएका छन् । नियामक निकाय पनि सकारात्मक बन्दै जादाँ बजार बढ्ने संकेत देखिएको छ ।

आम लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई सेयर बजारको बाधक नीतिका रुपमा लिंदै आएका छन् । लगानीकर्ताले सेयर बजारको दीगो सुधारका लागि धितो कर्जामा जेखिमभार १०० प्रतिशतमात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् ।

निरन्तर बजार खुम्चि रहदाँ मनोबल कमजोर भएका लगानीकर्ता बिस्तारै लगानी गर्ने थाल्ने बातावरण बन्दै गएको देखिन्छ । यता, धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउन गृहकार्य थालेको छ । यसको सकारात्मक प्रभाव पनि बजारमा पर्ने देखिन्छ ।

बजार आज ५.१९ अकंले बढेर १९७६.२९ बिन्दुमा बन्द भएको छ । सोमबार २८६ कम्पनीको ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ०.०१ प्रतिशत, विकास बैंक समूहको १.३३ प्रतिशत, फाइनान्स समूहको ०.७५ प्रतिशत र हाइड्रोपावर समूहको ०.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज एनआइसी एशिया बैंकको २१ करोड ६८लाख र सिटिजन लाइफको १२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्