सेयर बजार दोहोरो अकंले घट्यो, लगानीकर्ताको मनोबल कमजोर « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजार दोहोरो अकंले घट्यो, लगानीकर्ताको मनोबल कमजोर



काठमाडौँ । फेरी बजार राताम्य भएको छ । हिजो सामान्य सुधार आएको सेयर बजार फेरी ओरालो यात्रा तय गरेको हो ।

लगानीकर्ता नीतिगत कारणले नै बजार निरन्तर खुम्चि रहेको बताउदै आएका छन् । सेयर कर्जामा १२ करोडको सिमा हट्ने आशामा रहेका लगानीकर्ता नियामकको आश्वासन मै सिमित बनेका छन् ।

पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उचारचढाव ल्याइरहेको छ । आम लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई सेयर बजारको बाधक नीतिका रुपमा लिंदै आएका छन् । लगानीकर्ताले सेयर बजारको दीगो सुधारका लागि धितो कर्जामा जेखिमभार १०० प्रतिशतमात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् ।

निरन्तर बजार खुम्चि रहदाँ लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । सेयर बजार चलयमान नुहदा सेयर बजारबाट राज्यलाई जाने कर समेत घटेको छ ।

मंगलबार बजार १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ । आज २८१ कम्पनीको ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचक नै राताम्य भएका छन् । बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको १.२२ प्रतिशत, फाइनान्स समूहको १.२७ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

सिटिजन बैंकको ५ करोड ५९ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्