७ श्रावण २०८३, बिहिबार

प्रतिकित्ता १०० रुपैयाँमा नै अपि पावरको सेयर किन्ने मौका



काठमाडौँ । अपि पावर कम्पनीले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज अर्थात असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुंदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले आवश्यक कागजात संकलन गरी असोज २४ गतेसम्म बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।

सेयरमा मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय भक्तपुर ठिमि, ललितपुर कुमारी पाटी, विर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर माट आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्