सेयर बजारमा सुधार, १२ उपसूचकमा हरियाली, कहिलेसम्म रहला कायम ? « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजारमा सुधार, १२ उपसूचकमा हरियाली, कहिलेसम्म रहला कायम ?



काठमाडौँ । मंगलबार राताम्य भएको बजार आज सुधार आएको छ । बजार आज एकल अकंले बढेको हो । पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उचारचढाव ल्याइरहेको छ ।

आम लगानीकर्ताले १२ करोडको क्याप र १५० प्रतिशतको जोखिमभारलाई सेयर बजारको बाधक नीतिका रुपमा लिंदै आएका छन् । लगानीकर्ताले सेयर बजारको दीगो सुधारका लागि धितो कर्जामा जेखिमभार १०० प्रतिशतमात्र निर्धारण गरिनुपर्ने बताउँदै आएका छन् । सो घट्ने हल्लाले समेत बजार सकारात्मक तिर जाने देखिएको छ ।

लाभांश सिजन समेत चलि रहेको छ । बैंक तथा वित्तीय संस्थाको लाभांश समेत लगानीकर्ताले कुरेर बसेको देखिन्छ । देशको अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन । सोहि कारण पनि लगानीकर्ताको मनोबल अझै उच्च बन्न सकेको छैन ।

बजार आज ९.२४ अकंले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुंदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली आएको छ । बुधबार विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५२ प्रतिशत र हाइड्रोपावर समूहको १.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सिटिजन लाइफको ६ करोड ९३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ४ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्