छुट्नु होला है ? सोनापुर मिनरल्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात असोज १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणको निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १०० अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ । आइपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।













