१८ श्रावण २०८३, सोमबार

दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुला



काठमाडौँ । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ खुला भएको छ । आज असोज २२ गतेदेखि दशैंका लागिअग्रिम बुकिङ खुला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार अग्रिम टिकट बुकिङ खोलिएको हो । हरेक वर्ष दशैं, तिहार र छठ पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।

विगतका वर्षहरुमा पनि दसैं सुरु हुनुभन्दा अगावै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो । दशैंमा घर जान र राजधानी फर्किनका लागि सहज होस् भनेर सरकारले वर्षेनि यस्तो व्यवस्था गर्दै आएको छ ।

सोअसोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा पनि रोक लगाएको छ ।