७ श्रावण २०८३, बिहिबार

सोनापुर मिनरल्सको आइपीओ भोलि बाँडफाँट हुने, एक लाख ४१ हजारको हात रित्तो



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बुधबार अर्थात असोज २४ गते बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको आइपीओमा १ लाख ४१ हजार ४४२ जनाको हात रित्तो हुने भएको छ । आइपीओमा अन्तिम दिनसम्म ११ लाख १४ हजार ६९७ जनाले १ करोड ४७ लाख ७३ हजार ९०० कित्ता लागि आवेदन दिएका छन् । जुन माग भन्दा १।५१ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुंदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जस मार्फत ९ लाख ७३ हजार २५४ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्यका ४ जनाले भने थप १।१ कित्ता गरि ११ कित्ता सेयर हात पार्नेछन् ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणको निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १०० अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्