७ श्रावण २०८३, बिहिबार

लगातार चौंथो दिन पनि बजार राताम्य, परिसूचक समेत खुम्चियो, लगानीकर्ताको मनोबल कमजोर



काठमाडौं । लगातार चौंथो दिन पनि सेयर बजार राताम्य भएको छ । केहि दिन यता बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् ।

चौतर्फी आलोचना र दबाबपछि गत बिहीबार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको क्याप परिमार्जन गरेको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा १२ बाट बढाएर १५ करोड रुपैयाँ पु¥याएको छ ।

राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत १५ करोड र संस्थागततर्फ २० करोड रुपैयाँ बनाएको छ । नीतिगत फेरबदल गरि राष्ट्र बैंकले सीमा बढाए पनि सेयर लगानीकर्ताहरु खुसी देखिएनन् । यस्तो नीतिले सेयर बजारमा अझ नसकारात्मक प्रभाव पारेको छ ।

यता, लगानीकर्ता नियामकको कारण नै बजारमा उत्साह आउन नसेको बताउदैं आएका छन् । नियामक निकायले लगानीकर्ता मार्ने नीति ल्याएको बताउदैं आएका छन् । लगानीकर्ताको मनोबल कमजोर हुंदा बजार खस्किदै आएको छ ।

बजार आज १९.०६ अकंले घटेको छ । परिसूचक समेत निरन्तर ओरालो लागेको छ । मंगलबार परिसूचक १८८९.५९ बिन्दुमा पुगेको छ ।

आज ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर किनबेच हुंदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

१३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७९ प्रतिशत, विकास बैंक समूहको १.०१ प्रतिशत, फाइनान्स समूहको १.३९ प्रतिशतसहित १३ उपसूचक राताम्य भएका छन् ।

मंगलबार सानिमा जिआइसी इन्स्योरेन्सको २० करोड ३ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्