७ श्रावण २०८३, बिहिबार

चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिनेको आइरो, पहिलो दिन मै २.५६ गुणा बढी माग



काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै २२ करोड ४ लाख ९ हजार रुपैयाँ सङ्कलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् असोज२३ गते साँझ ५ः०७ बजेसम्म १ लाख ९८ हजार ८१२ जना आवेदकले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा २।५६ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गरि बाँडफाँट पनि गरिसकेको छ । अब भने स्थानीय बासिन्दाका लागि निष्कासन गर्दा आवेदन नपरेको सेयर सहित सर्वसाधारणका लागि आइपिओ बिक्री गरेको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

सो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओमा छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्