प्रतिकित्ता १०० रुपैयाँमा नै अपि पावरको सेयर आजसम्म किन्न पाउने
काठमाडौँ । अपि पावर कम्पनीको सेयरमा आवेदन दिने आज अर्थात् असोज २४ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त सेयरका लागि न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी आवेदन पेश गर्ने सकिनेछ ।
सेयर खरिद गर्ने चाहने इच्छुक लगानीकर्ताले आवश्यक कागजात सङ्कलन गरी असोज २४ गतेसम्म बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।
सेयरमा मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्साल, मुक्तिनाथ विकास बैङ्कका शाखा कार्यालय भक्तपुर ठिमी, ललितपुर कुमारी पाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर माट आवेदन दिन सकिनेछ ।













