मिर्मिरे लघुवित्तको एफपिओ आजदेखि बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिर्मिरे लघुवित्तको एफपिओ आजदेखि बिक्रीमा



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन भएको छ । कम्पनीले आज अर्थात् असोज २५ गतेदेखि एफपीओ निष्काशन गरेको हो ।

कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको हो । लगानीकर्ताले उक्त एफपिओमा असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । साथै सो अवधि भित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

जसमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्