नेशनल लघुवित्तको ६४ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
२२ असार २०८२, आईतबार

नेशनल लघुवित्तको ६४ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापकले समूहको ६४ हजार ४४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । उक्त सेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिन सकिनेछ ।

सो अवधिमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्