होटल फरेष्ट इनले आइपीओ निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा
काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ ।
सभा कात्तिक ११ गते लैनचौर ब्यांकेट काठमाडौँमा साँझ ५ बजे बस्ने गरी आव्हान गरेको हो । सर्वसाधारणलाई आइपीओ जारी गर्ने लगायत विविध विषयमा प्रस्ताव पेश गर्नेछ ।












