ब्याजदर प्रभावः सेयर बजार दोहोरो अकंले बढ्यो, १० उपसूचक हरियाली, कहिलेसम्म रहला कायम ? « Arthapath.com
४ असार २०८२, बुधबार

ब्याजदर प्रभावः सेयर बजार दोहोरो अकंले बढ्यो, १० उपसूचक हरियाली, कहिलेसम्म रहला कायम ?



काठमाडौँ । सेयर बजारमा सुधार आएको छ । लामो समयदेखि ओरालो यात्रा तय गरी रहेको बजार आज दोहोरो अकंले सुधार आएको हो ।

वाणिज्य बैंक र विकास बैंकले ब्याजदर घटाएका छन् । अधिकांश बैंकहरुको ब्याजदर एकल बिन्दुमा झरेको छ । सोहि कारण समेत सेयर बजारमा सुधार आएको हो । उच्च सुधार आउनु पर्नेमा दशैंमा सेयर बिक्री गर्नेहरुको चाप बढ्दा सामान्य सुधार देखिएको हो ।

विस्तारै नियामक निकाय पनि सेयर बजारमा रहेका नीतिगत अवरोधलाई सुधार तिर लगि रहेको छ । नीतिगत रुपमा केहि सुधार भइरहेको बेला सुधार तिर नै लम्कि रहने आंकलन गरिएकोछ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अर्थतन्त्र समेत सुधार तिर गइरहेको देखाएको छ । सोहि कारण समेत बजारले गति लिन एक लगानीकर्ताले बताए ।

बजार आज १३.१८ अकंले बढेर १८६४.६२ बिन्दुमा बन्द भएको छ । ३८ लाख ९ हजार ७४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको ०.२६ प्रतिशत, फाइनान्स समूहको १.३० प्रतिशत लगायत १० समूहको सेयर मूल्य बढेको हो ।

आज ह्याथवे इन्भेष्टमेन्टको ४ करोड ६१ लाख रुपैयाँ र सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्