माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँटको मिति तय
काठमाडौँ । माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आइपीओ शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । यसमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४२० जनाले १०।१० कित्ता सेयर हात पार्नेछन् ।
कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।













