दसैंको मुखैमा महँगीदै सुन, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । दसैं नजिकिँदै जाँदा सुनको मूल्य पनि बढ्दै गएको छ । बुधवार एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार १ लाख ११ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर १ लाख १३ हजार २०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १२ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ पुगेको छ ।