एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठकाे निधन, बैंकिङ क्षेत्रले अभिभावक गुमायाे « Arthapath.com
२१ असार २०८२, शनिबार

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठकाे निधन, बैंकिङ क्षेत्रले अभिभावक गुमायाे



काठमाडाैं । एभरेष्ट बैंकका अध्यक्ष एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएकाे छ ।

लामाे समयदेखी राजधानीकाे मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठकाे ६ गते साेमबारनै निधन भएकाे स्राेतले बताएकाे छ । श्रेष्ठकाे मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएकाे बताइएकाे छ ।

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंककाे लामाे समयदेखी अध्यक्ष रहेका थिए । हक्की स्वभावका श्रेष्ठ जिवनकाे अन्तिम अवस्थासम्म पनि बैंक अरूलाई सुम्पेनन् । बैँक स्थापनादेखी जिवनकाे अन्तिम अवस्थासम्म कुशल नेतृत्व गर्न सफल श्रेष्ठले बैंकलाई विदेशी ज्वाइन भेञ्चर भित्र्याएर नेपाली बजारमा अब्बल बैंक बनाएका थिए ।

श्रेष्ठ एभरेष्ट बैंकमात्र हाइन ज्वाइन भेञ्चर पञ्जाव नेसनल बैंकमासमेत प्रभुत्व जमाएका थिए । स्व. श्रेष्ठका २ छाेरी र एक छाेरा रहेका छन् । श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।


प्रतिक्रिया दिनुहोस्