९ श्रावण २०८३, शनिबार

हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगे एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्स, कसले कति जारी गर्ने ?



काठमाडौं । दुई इन्स्योरेन्स कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । 

हकप्रद सेयर निष्कासनको अनुमति माग्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) र एनएलजी इन्स्योरेन्स कम्पनीले बोर्डमा निवेदन पेस गरेका हुन् । 

एलआईसी नेपालले गत असोज २९ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

यस्तै, एनएलजी इन्स्योरेन्सले पनि ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०:६.६ को अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 


प्रतिक्रिया दिनुहोस्