७ श्रावण २०८३, बिहिबार

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, ८५ हजार ९३० जनाले पाए १०/१० कित्ता सेयर



काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँट गरेको हो ।

आइपीओममा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँटफाँट भएको हो । जसमा ८५ हजार ९३० जनाले १०/१० कित्ता सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा ११ लाख ३१ हजार ९३६ आवेदकले १ करोड २१ लाख ३६ हजार ७६० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्