भाटभटेनीद्वारा भूकम्प पीडितलाई एक करोड ११ लाख सहयोग
काठमाडौँ । भूकम्पबाट पीडितहरूलाई भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङले सहयोगको घोषणा गरेका छन् ।
गुरुङले भूकम्प प्रभावित घरपरिवारका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त सहयोग रकम सरकारको कोषमार्फत् परिचालन गरिनेछ ।
शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो ।













