हिमालयन लघुवित्तको मुनाफा घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफा ओरालो लागेको हो ।
यस अवधिमा कम्पनीको मुनाफा ८५.०८प्रतिशतले घटेर १० लाख ८६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ७२ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको संचालन नाफामा गत वर्ष १ करोड ४ लाख रुपैयाँ रहेकोमा चालु आवको सोहि अवधिमा आइपुग्दा ८५.०८ प्रतिशतले घटेर १५ लाख ५२ हजार रुपैयाँमा झरेको छ ।
असोज मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २.१३ प्रतिशतले घटेर ५ करोड ५३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष खुद ब्याज आम्दानी ५ करोड ६५ लाख थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ, जगेडा कोष १० करोड ५३ लाख रुपैयाँ, वितरणयोग्य नाफा १ करोड १ लाख रुपैयाँ ऋणत्मक, खराब कर्जा २.९२ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा रहेको छ ।