भूकम्प पिडितलाई भुपालमानसिंह कार्की प्रज्ञापरिषद्को १० लाख सहयोग « Arthapath.com
१९ असार २०८३, शुक्रबार

भूकम्प पिडितलाई भुपालमानसिंह कार्की प्रज्ञापरिषद्को १० लाख सहयोग



काठमाडौँ। भुपालमासिंह कार्की प्रज्ञापरिषद्ले शुक्रबार जाजरोट केन्द्र भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई सहयोगका लागि नेपाल सरकारलाई १० लाख सहयोग हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री देैवी राहत कोषमा १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार संस्थाका कोषाध्यक्ष बालमानसिंह कार्कीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन ।


प्रतिक्रिया दिनुहोस्