साना किसानको नाफा ३० करोड माथि, वितरणयोग्य नाफा समेत छलाङ, अधिकांश सूचक उचाईमा

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा सुधार आएको छ ।
असोज मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा २९.४८ प्रतिशतले बढेर ३० करोड १४ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा २३ करोड २७ लाख ७९ हजार रुपैयाँमा सिमित थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी समेत १९.८६ प्रतिशतले बढेर ५१ करोड ६५ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४३ करोड ९ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३३ करोड १९ लाख रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपुग्दा उक्त नाफा २९.७० प्रतिशतले बढेर ४३ करोड ५ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा९५.२९ प्रतिशतले बढेर १ अर्ब ९० करोड ११ लाख १३ हजार रुपैयाँ, चुक्तापूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँ, जगेडा कोष ३ अर्ब ३० करोढ ४५ लाख ५४ हजार रुपैयाँ र खराब कर्जा ०.८१ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनैको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ८ पैसा रहेको छ ।