छिमेक लघुवित्तको मुनाफा २२ करोड माथि, अन्य सूचक कस्ता ?

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको मुनाफा ३२.८० प्रतिशतले घटेर २२ करोड ११ लाख ६० हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३२ करोड ९१ लाख ८ हजार रुपैयाँमा सिमित भएको हो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७२ करोड ८४ लाख १० हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.५६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको संचालन नाफा ३१ करोड ३० लाख १५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३२.९७ प्रतिशतले कम हो ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १२.१३ प्रतिशतले बढेर १ अबए ६४ करोड ५ लाख रुपैयाँ, चुक्तापूँजी २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ५०करोड ४६ लाख रुपैयाँ र खराब कर्जा २.२८ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४४ पैसाले घटेर ३१ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ६४ पैसा रहेको छ ।