२० श्रावण २०८३, बुधबार

पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईँविरुद्ध जाहेरी



काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको छ ।

प्रसाईँले जनकपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय गानको अपमान गरेर पुरानो राष्ट्रिय गान बजाएको भन्दै युवा संघ धनुषाले उनीविरुद्ध जाहेरी दिएको हो ।

प्रसाईँले राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ नेपालले मुलुकी अपराध संहितामा भएको व्यवस्था बमोजिम प्रसाईँलाई कारबाहीको माग गरेको छ ।