एलआइसी नेपाल बन्यो बीमा क्षेत्रबाट धेरै कर तिर्ने कम्पनी, सरकारले गर्यो उत्कृष्ट करदाताको रुपमा सम्मान
काठमाडौं । सरकारलाई धेरै कर बुझाए बापत लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल सम्मानित भएको छ । बीमा क्षेत्रबाट धेरै कर बुझाएको भन्दै एलआइसी नेपाल सम्मानित भएको हो ।
बीमा क्षेत्रबाट सरकारलाई सबैभन्दा धेरै कर बुझाउन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ( एलआईसी नेपाल) सम्मानित भएको छ ।
सरकारले कर दिवसको उत्कृष्ट करदाताको रुपमा कम्पनीलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रणय कुमारलाई अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा सम्मान ग्रहण गरेका हुन् ।













