मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा



काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको १ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले जारी पूँजी ७० करोड मध्ये २० प्रतिशत अर्थात १४ करोड रकम बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको र उक्त शेयर मध्येको १० प्रतिशत अर्थात १ लाख ४० हजार कित्ता सेयर प्रति शेयर १०० अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

जसमा ३१ हजार १९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता सेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरीएको हो । कूल ३१ हजार १९४ जना आवेदकहरुबाट ७ लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीको आइपीओ यसरि हेर्नेसकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 


प्रतिक्रिया दिनुहोस्