हिमालयन लघुवित्तले किन बनायो सेयरधनीको हात रित्तो ? « Arthapath.com
१० मंसिर २०८०, आईतवार

हिमालयन लघुवित्तले किन बनायो सेयरधनीको हात रित्तो ?



काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनी संचालक समितिको मंसिर ८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गत आव २०७९/८० को अन्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्दै लाभांश नबाड्ने निर्णय गरेको छ ।

उक्त निर्णयसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने भएको हो । राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त पाएमा भने सो समेत समावेश गरि आगामी वार्षिकसाधारण सभामा पेश गरि कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्