त्रिशुली जलविद्युतको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार त्रिशुली जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता आइपीओ नेप्सेमा सुचीकृत भएको हो । कम्पनीले सर्वसाधारण (कर्मचारीसहित) को लागि ३७ लाख ५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड ४८ लाख २० हजार कित्ता (८० प्रतिशत) सेयर सूचीृकत भएको हो ।
नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ८९.३८ रुपैयाँ र अधिकतम २६८.१४ रुपैयाँ सम्म तोकेको छ । अब भोलिदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।