नेप्सेमा उन्नती सहकार्य लघुवित्तको एफपिओ सूचीकृत, भोलिदेखि कारोबार आउने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको एफपिओ सूचीकृत भएको छ । सोमबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपिओ नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो । कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर निष्काशन गरेको थियो ।सोहि सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर अब भोलि अर्थात मंसिर १९ गतेबाट कारोबारमा आउनेछ ।