बजारमा ओरालो यात्राले पायो निरन्तरता, किन खस्किदै छ लगानीकर्ताको मनोबल ?

काठमाडौँ । बजारमा आज पनि ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगातार छैटौं दिन पनि घटेको हो । बजार निरन्तर ओरालो लागेसँग लगानीकर्ता चिन्तित बनि रहेका छ । बजार ओरालो लाग्दा अधिकांश लगानीकर्ता मारमा परेका छन् ।
लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आउनमा ढिलाई भइरहेको छ । लगानीकर्तालाई मौद्रिक नीतिले कहिले खुसी बनाउन सकेको छैन सोहि कारण पनि लगानीकर्ता डराएको अवस्था छ । नियामक निकायले सेयर बजारलाई फाइदा हुने गरी मौद्रिक नीति बन्ने आश्वासन दिने गरे पनि अन्तिममा लगानीकर्तालाई रुष्ट बनाउने विगतको घटना रहेको छ ।
लामो समयदेखि घटेको बजारबाट लाभ लिन नसक्नु अनि ठूला लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’कै अवस्थामा रहँदा बजारले गति लिन नसकेको अनुमान जानकारहरुको रहेको छ । केन्द्रीय बैंक नीगितगत व्यवस्थाहरु खुकुलो पारिहाल्ने मनस्थितिमा देखिएको छैन । सोकि कारण पनि बजार खुम्चिदैं गएको अवस्था छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४२ अकंले घटेर १८४७.८१ बिन्दुमा बन्द भएको छ । सोमबार २९२ कम्पनीको ३८ लाख ९६ हजार २८७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज पाँच उपसूचकमा हरियाली देखिएको छ । सोमबार विकास बैंक समूहको ०.०२ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशत, जीवन बीमा समूहको ०.९७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.१५ प्रतिशत र निर्जीवन बीमा समूहको ०.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सोनापुरको ७ करोड ४६ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ७ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ ।